सागरनाथ – सर्लाहीको ईश्वरपुर नगरपालिका–४, सागरनाथमा सोमबार जिल्लास्तरीय भव्य कार्यक्रम गरी मगर स्थापना दिवस मनाइएको छ ।
नेपाल मगर संघ सर्लाही र मगर संघ ईश्वरपुर नगर समितिको संयुक्त आयोजनामा सागरनाथस्थित सिद्धार्थ टोलमा मगर स्थापना दिवस मनाइएको हो । कार्यक्रममा मगर समुदायको भेषभुषा झल्किने झाँकी, ¥यालीसहित, मन्तव्य, सम्मान, मगर खानपानको प्रदर्शन, गायन, नृत्यलगायत कार्यक्रम भएका छन् ।

नेपाल मगर संघ सर्लाहीका अध्यक्ष पूर्णबहादुर राना मगर र ईश्वरपुर नगर समितिका अध्यक्ष कृष्णबहादुर पूर्वछाने मगरको अध्यक्षता तथा मधेश प्रदेश सभा सदस्य बेची लुंगेलीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । सो कार्यक्रममा जिल्लाभरका मगर समुदाय सहभागी थिए ।

कार्यक्रममा नेपाल मगर संघका केन्द्रीय उप–महासचिव छत्रबहादुर लुंगेली, केन्द्रीय सदस्य ओमबहादुर राना, ईश्वरपुरका मेयर मनोजकुमार आचार्य, सशस्त्र प्रहरीको छिनमस्ता बाहिनी बर्दिवासका डीआईजी गणेश ठाडा मगर, मगर अगुवा चित्रबहादुर आले, शिव गुर्मछान, हरि बहादुर लुंगेली, बालकृष्ण दर्लामी, रुपबहादुर आले, अनिल लामा, रमेश बलम्पाकी, हस्तबहादुर रेग्मी, बलराम एस्माली, सुनिल बस्नेत लगायतको आतिथ्यता रहेको थियो ।
कार्यक्रमको संचालन अनिल थापा र सर्मिला रमौली मगरले गरेका थिए ।