logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

नवलपुरमा खसी तौल गर्ने व्यवस्थित स्थल बन्ने


  • उज्यालो अभियान

नवलपुर – सर्लाहीको लालबन्दी नगरपालिका–१ स्थित नवलपुर बजारमा खसी तौल गर्ने व्यवस्थित भवन बन्ने भएको छ ।

पशु विकास निर्देशनालय हेटौंडाले उपलब्ध गराएको ५० लाख रुपैयाँ बजेटबाट खसी तौल गर्ने व्यवस्थित स्थल बनाइने भएको हो । सो बजेटबाट खसी बाध्ने, नापतौल गर्ने, पानी खुवाउने, बडकुला बेग्लै जम्मा हुने व्यवस्थित खोर आकारको भवन बन्ने भएको हो ।

आगामी २ महिनाभित्रै व्यवस्थित खसी तौल स्थल बनाउने गरी शुक्रबार शिलान्यास गरिएको छ । सो स्थलको राष्ट्रिय सभाका सदस्य राधेश्याम पासवान, लालबन्दी १ का वडाध्यक्ष हरिबहादुर भट्टराई र नवलपुर बजार व्यवस्थापन समितिका अध्यक्ष सुशील चालिसेले शिलान्यास गरेका छन् ।