सासापुर – बिदाको दिन चलाएको भन्दै सर्लाहीको हरिवन नगरपालिका–४, सासापुर गणेश चोकमा मंगलबार एउटा स्कुल बसमा तोडफोड भएको छ ।
लालबन्दी १ नवलपुरमा रहेको पिस जोन अंग्रेजी आवासिय विद्यालयको ना १ क ८८३४ नम्वरको बसमा तोडफोड भएको हो । सरकारले दिएको सार्वजनिक बिदालाई अटेर गरी स्कुल बस संचालन गरेको भन्दै जनजाति युवा महासंघ सर्लाहीका कार्यकर्ताले स्कुल बसमा ढुंगा प्रहार गरेका हुन् ।
ढुंगा प्रहारबाट स्कुल बसका सिसाहरु फुटेका छन् । प्रहरीले स्कुल बस तोडफोडमा संलग्नको खोजी भइरहेको जनाएको छ ।
सरकारले आज शेर्पा समुदायले मनाउने ग्याल्पो ल्होसारको अवसरमा देशभर सार्वजनिक बिदा दिएको थियो । सर्लाहीमा भने सार्वजनिक बिदाको दिन पनि आज अधिकांश निजी बोडिङ स्कुलहरु खुलेका थिए ।