logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

सर्लाहीमा पनि ७३ औँ प्रजातन्त्र दिवस मनाइयो (तस्बिरमा हेर्नुस्)


  • उज्यालो अभियान

मलंगवा – ७३ औँ प्रजातन्त्र दिवस आइतबार सर्लाहीमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ ।

प्रजातन्त्र दिवस मूल आयोजक समिति सर्लाहीको आयोजनामा सदरमुकाम मलङ्गवामा विविध कार्यक्रम गरी यो दिवस मनाइएको हो । दिवसका अवसरमा प्रभातफेरि, प्रादेशिक अस्पतालका बिरामीलाई फलफूल वितरण, जिल्ला प्रशासन कार्यालय परिसरमा रक्तदान, झण्डोतोलन र शहीदको तस्बिरमा माल्र्यापण कार्यक्रम गरिएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।

कार्यक्रममा प्रजातन्त्र दिवस मूल आयोजक समिति सर्लाहीका अध्यक्ष तथा जिल्ला समन्वय समितिका प्रमुख कौशलकिशोर सिंह, प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, अन्य सुरक्षा निकायका प्रमुख, विभिन्न कार्यालयका प्रमुख, नागरिक अगुवा, उद्योगी, व्यापारी, विद्यार्थीलगायतको उपस्थिति रहेको थियो ।

जिल्ला प्रशासन कार्यालय परिसरमा भएको रक्तदान कार्यक्रममा प्रमुख जिल्ला अधिकारी यादव, प्रहरी उपरीक्षक नरेशराज सुवेदी, सशस्त्र प्रहरी उपरीक्षक तुलबहादुर भण्डारी, प्रहरी नायब उपरीक्षक कैलाश राईलगायत २६ जनाले रक्तदान गरेका छन् ।

प्रजातन्त्र दिवसकै अवसरमा जिल्लाका पालिकाहरुमा झण्डोतोलनसहित अन्य कार्यक्रम भएका हाम्रा संवाददाताहरुले जनाएका छन् ।