मलंगवा – ७३ औँ राष्ट्रिय प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा शनिबार सर्लाही सदरमुकाम मलंगवास्थित जिल्ला प्रहरी कार्यालय परिसरमा वृक्षरोपण गरिएको छ ।
प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) उत्तमराज सुवेदी, मधेश प्रदेशसभाका सदस्य कौशलकिशोर राय, प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, प्रहरी उपरीक्षक नरेशराज सुवेदी, सशस्त्र प्रहरी उपरीक्षक तुलबहादुर भण्डारी, राष्ट्रिय अनुसन्धानका जिल्ला प्रमुख सन्तोष ढुंगेललगायतको उपस्थितिमा जिल्ला प्रहरी कार्यालय परिसरमा विभिन्न जातका विरुवा रोपिएको हो ।
७३ औँ प्रजातन्त्र दिवस भोली (आइतबार) मनाइँदै छ । दिवसका अवसरमा भोली बिहान सदरमुकाम मलंगवामा जिल्ला स्तरीय विभिन्न कार्यक्रम आयोजना गरिएका छन् ।
प्रादेशिक अस्पताल मलंगवामा फलफूल वितरण, प्रभातफेरि, रक्तदानलगायतका कार्यक्रम तय भएको जिल्ला प्रशासन कार्यालय मलंगवाले जनायो ।