सदरमुकाम मलंगवास्थित जिल्ला प्रहरी कार्यालय सर्लाही । (तस्बीर : उज्यालो अभियान)
मलंगवा – जिल्ला प्रहरी कार्यालय मलंगवामा डीएसपी कैलाश राईले जिम्मेवारी सम्हालेका छन् ।
यहाँका दुई जना डीएसपी सरुवा भएर अन्यत्र गएपछि डीएसपी राई कार्यालयमा आएर हाजिर भएको जिल्ला प्रहरी कार्यालय मलंगवाले जनाएको हो । पहाडी जिल्ला ताप्लेजुङमा त्यहाँको जिल्ला प्रहरी प्रमुख भएर बसेका राईलाई प्रहरी हेडक्वार्टरले यहाँ सरुवा गरेको हो ।
जिल्ला प्रहरी कार्यालय मलंगवामा रहेका दोस्रो वरियताका डीएसपी विजय श्रेष्ठ वडा प्रहरी कार्यालय विराटनगरको इन्चार्ज र तेस्रो वरियताका डीएसपी विजय यादव इलाका प्रहरी कार्यालय बर्दिवासको इन्चार्ज भएर गइसकेका छन् ।
अब जिल्ला प्रहरी कार्यालयमा राई एक जना मात्रै डीएसपी रहने कार्यालयका एक जना प्रहरी अधिकारीले जानकारी दिए ।