प्रतिकात्मक तस्बिर ।
लालबन्दी – सर्लाहीको लालबन्दी नगरपालिका–१० चन्द्रपुर मा शुक्रबार अपरान्ह मोटरसाइकल र ट्याक्टर आपसमा ठोक्किँदा मोटरसाइकल चालक गम्भीर घाइते भएका छन् ।
दुर्घटनामा लालबन्दी ११ हीरापुरका २२ वर्षीय कमलेश महतो गम्भीर घाइते भएका हुन् । उनलाई सिटी केयर अस्पताल लालबन्दीमा सामान्य उपचार गरी थप उपचारका लागि वीरगन्ज रेफर गरिएको इलाका प्रहरी कार्यालय लालबन्दीले जनायो ।
शुक्रबार अपरान्ह ४ः२५ बजेतिर लालबन्दीबाट चन्द्रपुरहुँदै हीरापुरतर्फ गइरहेको नाा ५६ प ७२१० नम्वरको मोटरसाइकल र उत्तरतर्फबाट बालुवा लिएर आउँदै गरेको ग १ त ४१९५ नम्वरको ट्याक्टर आपसमा ठोक्किएर दुर्घटना भएको हो ।
ट्याक्टर प्रहरी नियन्त्रणमा रहेको छ भने फरार भएका चालकको खोजी जारी रहेको प्रहरीले जनायो ।