logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

मुसहरको उत्थानका लागि गम्भीर छौँ : बसबरिया गाउँपालिका अध्यक्ष राय


  • उज्यालो अभियान

बरहथवा – सर्लाहीको बसबरिया गाउँपालिकाका अध्यक्ष रामसिंहासन रायले मुसहर समुदायको उत्थान र विकासका लागि आफू गम्भीर रहेको बताएका छन् ।

मुसहर समुदायका लागि काम गरिरहेको साउथ एशिया पार्टनरशीप नेपाल (साप–नेपाल) ले गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीलाई शुक्रबार बरहथवामा आयोजना गरेको स्थानीय सरकारमा लैंगिक उत्तरदायी सुशासन तथा जवाफदेहिता अभिवृद्धि विषयक अभिमुखीकरणलाई सम्वोधन गर्दै गाउँपालिकाका अध्यक्ष रायले मुसहर समुदायमा रहेको गरिबी, बासको अभाव, आफ्नै जग्गा जमिन नभएको जस्ता समस्याप्रति आफू गम्भीर रहेको बताएका हुन् । उनले मुसहर समुदायको समस्या हल गर्न आफ्नो गाउँपालिकाबाट हुनसक्ने काम र प्रदेश तथा केन्द्रको सररकारसँग गर्नुपर्ने पहलका सम्वन्धमा पनि मुसहरलगायत सबै पक्षसँग हातेमालो गरेर अघि बढ्ने बताए ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चुनचनुप्रसाद यादवले मुसहरका लागि गाउँपालिकाबाट गर्न सक्ने हरेक गतिविधिमा कन्च्युँस्याई नगर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

अभिमुखीकरण समापनमा मन्तव्य राख्दै वडा नंं. १ का वडाध्यक्ष शिवेन्द्र मोहन यादव र प्रशासन शाखाका खरिदार पंकजकुमार झाले यो अभिमुखीकरण आफूहरुका लागि निकै महत्वपूर्ण र ज्ञानवद्र्धक भएको भन्दै आयोजकप्रति धन्यवाद् ज्ञापन गरे ।

अर्का सहभागी मुसहर महिला मन्मादेवी माझीले मुसहर समुदायमा घरबार नभएको, धेरैको बालबच्चाको जन्मदर्ता नरहेको, उनीहरुका बाबुआमाको नागरिकता नरहेकोजस्ता गुनासा राखिन् । उनले गाउँपालिकामै टाँसिएर रहेको मुसहर बस्तीमा धेरै मुसहर फुसको घरमा कष्टपूर्ण दिनचर्या काट्न बाध्य भइरहेको बताईन् र

सहभागीलाई रुपेशकुमार कर्ण र पंकज कायस्थले प्रशिक्षण प्रदान गरेका आयोजक साप–नेपालका कार्यक्रम संयोजक जनक कार्कीले जानकारी दिए । उनले कार्यक्रममा सहभागीलाई साप-नेपालले मुसहर समुदायको उत्थानका लागि गरिरहेको गतिविधिबारे जानकारी समेत गराए

साप-नेपालले बसबरिया, बरहथवा, हरिपुर र चन्द्रनगरमा ३२ वटा मुसहर महिला समूह गठन गरी १६ सय मुसहर महिलालाई सहभागी गराई उनीहरुको उत्थानका लागि काम गर्दै आइरहेकोछ ।