logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

मलंगवामा वाइरिङ गर्नेक्रममा ३ तले घरबाट खसेर मजदुर गम्भीर घाइते


  • उज्यालो अभियान

मलंगवा – सर्लाही सदरमुकाम मलंगवामा वाइरिङ गर्नेक्रममा ३ तले घरमाथिबाट खसेर एक मजदुर गम्भीर घाइते भएका छन् ।

शुक्रबार साँझ मलंगवा ४ का दिनेश यादवको घरमा वाइरिङ गर्नेक्रममा कामदार चक्रघट्टा गाउँपालिका–८ बस्ने ३५ वर्षीय शुभास यादव लडेर गम्भीर घाइते भएका हुन् ।

उनको न्यूरो अस्पताल बारामा उपचार चलिरहेको प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए ।