logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

७ औँ राजर्षि जनक कप : आज युनाइटेड खर्साङ क्लब दार्जिलिङ र सूदुरपश्चिम ११ खेल खेल्दै


  • उज्यालो अभियान

कर्मैया – सर्लाहीको बागमतीमा जारी ७ औँ राजर्षि जनक कप फुटबलमा आज (बिहीबार) पाहुना टोली युनाइटेड खर्साङ क्लब दार्जिनिङ र सुदुरपश्चिम–११ धनगढीले खेल्दै छन् ।

खेल दिउँसो ३ बजेपछि बागमतीस्थित स्वर्गिय सन्तोष श्रेष्ठ स्मृति खेल मैदान कर्मैयामा हुने आयोजक बागमती युवा क्लबले जनाएको छ । मधेश प्रदेशकै सबैभन्दा धेरै पुरस्कार राशीको यो प्रतियोगिता हिजोदेखि सुरु भएको हो ।

प्रतियोगिताको उद्घाटन खेलमा हिजो विभागिय क्लब एपीएफमाथि १–० गोलको सङ्घर्षपूर्ण जित निकाल्दै जावलाखेलले प्रतियोगितामा सुःखद सुरुवात गरेको छ । यस प्रतियोगिताको बिजेताले १० लाख र उपबिजेताले पाँच लाख रुपियाँ नगद पुरस्कार प्राप्त गर्ने छ ।

प्रतियोगितामा आयोजक बागमती युवा क्लबसहित १२ वटा क्लबको सहभागिता रहेको छ ।