गोडैता – सर्लाहीको गोडैता नगरपालिका–७ का वडाध्यक्षले आफ्नो निजी घरमा वडा कार्यालय राखेको भन्दै विरोध भएको छ ।
गोडैता ७ का वडाध्यक्ष विनेश कुमार दासले सरकारी भवन बनेपछि पनि आफ्नो निजी भवनबाटै वडा कार्यालय संचालन गरेको भन्दै वडावासीले बिहीबार सदरमुकाम मलंगवामा आएर प्रदर्शन गरेका हुन् । १ सय भन्दा बढी स्थानीयले बनिसकेको सरकारी भवनबाटै वडा कार्यालय संचालन गर्न माग गर्दै मलंगवामा आएर प्रदर्शन गरेका हुन् ।
उनीहरुले जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र समेत बुझाएर ध्यानाकर्षण गराएका छन् ।