कर्मैया – सर्लाहीको बागमती नगरपालिका–११, कर्मैयामा रहेको श्री ५ महेन्द्र जनता माध्यमिक विद्यालयमा नयाँ व्यवस्थापन समिति गठन गरिएको छ ।
मंगलबार सम्पन्न भएको अभिभावक भेलाबाट घनश्याम थापा, सीता साह, हीरामाया लोप्चन र बेदहरि दाहाल रहेको ४ सदस्यीय व्यवस्थापन समिति चुनिएको हो । यस्तै, वुद्धिजिवीबाट हरिप्रसाद पुडासैनी र जग्गादाताबाट ममता बानियाँलाई पनि व्यवस्थापन समितिमा मनोनित गरिएको छ ।
व्यवस्थापन समितिमा वडाध्यक्ष सदस्य र प्रधानाध्यापक सदस्य सचिव रहने व्यवस्था छ । नगरपालिकाको शिक्षा शाखाका प्रमुख मीनप्रसाद उपाध्यायको प्रमुख आतिथ्यतामा आयोजित अभिभावक भेलामा नगर शिक्षा संयोजक राजनकुमार विश्वकर्मा, बागमती नगरपालिका ११ का वडाध्यक्ष प्रदीप आचार्यलगायतको आतिथ्यता रहेको थियो ।