logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

विपन्न परिवारलाई न्यानो कपडा


  • उज्यालो अभियान

चन्द्रनगर – काठमाण्डौस्थित बिशाल ग्रुपको सहयोगमा सर्लाहीको चन्द्रनगरका विपन्न परिवारलाई सोमबार न्यानो कपडा वितरण गरिएको छ ।

चन्द्रनगर गाउँपालिका–६, कामदमा एक कार्यक्रमका विच न्यानो कपडा वितरण गरिएको हो । न्यानो कपडा पाएपछि स्थानीय विपन्न मुसहर परिवार हर्षित बनेका छन् ।

विपन्नको अवस्था बारे संचार माध्यमबाट जानकारी पाएपछि बिशाल गु्रपले यहाँका संचारकर्मी श्रवण थापासँग सम्पर्क गरेर न्यानो कपडा वितरण गरेको हो । गु्रपको तर्फबाट प्राप्त एक सय २० थान कम्बल, एक सय २० थान पछ्यौरी र २० थान ज्याकेट वितरण गरिएको स्थानीय अगुवा राम केवल माझीले जानकारी दिए ।

गु्रपको सहयोगमा विपन्न परिवारले पाएको न्यानो कपडा तथा कम्बलका कारण उनीहरुलाई चिसोबाट बच्न थोरै भएपनि राहत मिलेको उनको भनाई छ । उक्त सामान विपन्न परिवार सम्म वितरणको लागि स्थानीय अगुवा माझले महत्वपुर्ण भुमिका निर्वाह गरेका उक्त सहयोगी संस्थाले जनाएको हो ।

प्राप्त मध्य चन्द्रनगर–६, कामदमा दुई सय जनालाई कम्बल, पछ्यौरी र ज्याकेट वितरण गरिएको थियो । बाँकी सामान हरिपुर नगरपालिका स्थित विभिन्न मुसहर वस्तीमा ६० जनालाई वितरण गरिने उनले बताए ।

सर्लाही निर्वाचन क्षेत्र नम्बर १ का निवर्तमान प्रतिनिधि सभा सदस्य प्रमोद साहको उपस्थितीमा उक्त समाग्री वितरण गरिएको थियो । सहयोगी संस्था बिशाल ग्रुपले सामाजिक उत्तरदायित्व कोष मार्फत सहयोग उपलब्द गराएको कम्पनीका कुनाल थापाले बताए ।