हरिपुर – सर्लाहीमा आज (आइतबार) पनि चिसो नै छ । तर, हिजो जस्तो बाक्लो हुस्सु र शितलहर छैन् ।
पातालो मात्रामा हुस्सु लागेर चिसो भने भइरहेको हो । सर्लाहीमा हिजोदेखि पुनः चिसो फर्किएको हो । चिसो फर्किदा गरिब गुरुवा परिवारलाई मार परेको छ ।
यो चिसोले चिसोजन्य संक्रमण हुन सक्न्े भएकाले हेलचेक्याँई नगर्न चिकित्सकको सुझाव छ । सर्लाहीमा हिजो दिनभर घाम नै लाग्न सकेन ।
जिल्लामा उत्तरी भेगमा मौसम केही उघ्रिए पनि जति दक्षिणी भेगतर्फ गयो उति हुस्सु लागेर शीत झरेको हुन्छ ।
यहाँको मौसम कहिले घाम लाग्ने र कहिले हुस्सु लाग्ने भइरहेको छ । यहाँका किसान यतिबेला हिउँदे वर्षाको प्रतिक्षामा छन् ।