logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

बलरामा केही वर्षअघि नै बनेको विद्यालय भवन अहिले आएर उद्घाटन


  • उज्यालो अभियान

बलरा – सर्लाहीको बलरा नगरपालिकामा भारत सरकारको सहयोगमा केही वर्षअघि नै निर्माण भई प्रयोगमा रहेको विद्यालय भवन अहिले आएर बल्ल उद्घाटन गरिएको छ ।

बलरा नगरपालिका ४ मा रहेको रामसखी मोहित सिंह माध्यमिक विद्यालयमा ५ करोड लागतमा केही वर्षअघि नै निर्माण भएको भवनको अहिले आएर बल्ल औपचारिक उद्घाटन गरिएको हो । भवनको भारतीय महावाणिज्य दुतावास वीरगन्जका महावाणिज्यदूत नितेश कुमार, जिल्ला समन्वय समितिका सभापति कौशलकिशोर सिंह, बलरा नगरपालिकाका मेयर रामाशंकर कुशवाहा लगायत भएर सामूहिक रुपमा उद्घाटन गरेका हुन् ।

भारतीय सरकारको सहयोगमा बलराकै छतौना माध्यमिक विद्यालयमा भने भवन निर्माण कार्य सूरु गरिए पनि अधूरो छ । कार्यक्रमका स्थानीय अतिथिहरुले महावाणिज्यदूत नितेश कुमारलाई सो भवन निर्माण पूरा गर्नका लागि पहल गरिदिन आग्रह गरेका छन् ।

यस्तै, भर्खरै उद्घाटन भएको रामसखी मोहित सिंह मावि बलराको भवनमा अस्पताल र विद्युत्को कार्यालय संचालन भइरहेको भन्दै केहीले आपत्ति जनाएका छन् । त्यहाँ यसअघि नगरपालिका कार्यालय समेत संचालन थियो ।

तर, तत्कालिन मेयर अभयकुमार सिंहले नगरपालिका भवन बलराकै हथियौलमा सारेका छन् ।