logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

विपन्न परिवारमा तिम्ल्याह शिशु जन्मियो, दूध खान नगरपालिकाले भैँसी दियो


  • उज्यालो अभियान

मलंगवा, माघ १९ – सर्लाही सदरमुकाम मलंगवा नगरपालिका–६, खुटौनामा तिम्ल्याह शिशु जन्मिएको एक परिवारलाई नगरपालिकाले भैँसी प्रदान गरेको छ ।

३ शिशुको जन्म भएको अति विपन्न खुटौनाका जितेन्द्र कुमार राय र श्रीमती गीतादेवीलाई मलंगवा नगरपालिकाले भैँसी सहयोग गरेको हो । गरिब परिवारमा तीनवटा बच्चा जन्मिएपछि उनीहरुलाई दूधको अभाव नहोस् र उक्त परिवारले दूध बेचेर दुई/चार पैसा आर्जन समेत गरोस् भन्ने उद्देश्यले भैँसी सहयोग गरिएको मलंगवा नगरपालिकाले जनाएको छ ।

उक्त परिवारलाई नगरपालिकाले भैँसी खरिदबापत ९२ हजार रुपैयाँको चेक हस्तान्तरण गरेको प्रमुख प्रशासकीय अधिकृत गेहनाथ गौतमले जानकारी दिए ।

जितेन्द्रको परिवारलाई बिहीबार प्रदेशसभा सदस्य कौशलकिशोर राय, मलंगवाका मेयर नागेन्द्र प्रसाद यादव, प्रमुख प्रशासकीय अधिकृत गौतम, मलंगवा ६ का वडाध्यक्ष रामकैलाश राय लगायत भएर भैँसी खरिद बापतको १ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका छन् ।