logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

रानिगन्जमा बोलेरोको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु


  • उज्यालो अभियान

प्रतिकात्मक तस्बिर ।

लालबन्दी – सर्लाहीको लालबन्दी नगरपालिका–१७, रानिगन्ज डाँडाटोलमा वुधबार दिउँसो बोलेरो गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

दिउँसो साँढे १२ बजेतिर गाउँको भित्री सडकखण्डमा भएको उक्त दुर्घटनामा सोही ठाउँका ३३ वर्षीय राजकुमार महतोको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका महतोलाई उपचारका लागि लालबन्दीस्थित मोडेल अस्पताल ल्याउँदा चिकित्सकले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय लालबन्दीले जनायो ।

उत्तरतर्फबाट गइरहेको प्रदेश–२–०२–००२ प ९२५३ नम्वरको मोटरसाइकल र दक्षिणबाट उत्तर तर्फ आइरहेको मिनरल बार्टर बोकेको प्रदेश २–०३–००१ च ३१२९ नम्वरको बोलेरो पिकअप घुम्तीमा एकआपासमा ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनामा संलग्न बोलेरो र त्यसका चालक प्रहरी नियन्त्रणमा छन् ।

मृतक महतोको शव प्रादेशिक अस्पताल मलंगवामा पोष्टमार्टमपश्चात परिवारले बुझिसकेका इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक शान्तराम कार्कीले उज्यालो अभियानसँग बताए ।

दुर्घटनामा मृत्यु भएका युवक भर्खरै मात्रै वैदेशिक रोजगारीबाट घर फर्किएका थिए ।