logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

सर्लाहीमा आज बिहानैदेखि बाक्लो हुस्सु, चिसो भने कम


  • उज्यालो अभियान

लालबन्दी  – सर्लाहीमा आज (मंगलबार) फेरि बाक्लो हुस्सु लागेको छ ।

मौसम परिवर्तन भई सर्लाहीसहित तराई क्षेत्रमा आज फेरि हुस्सु फर्किएको हो । हुस्सु लागेर शित झरेपनि चिसो भने कम छ ।

बाक्लो हुस्सु लागेको बिहान ७ बजेको समयमा जिल्लाको न्यूनतम तापक्रम १५ डिग्री सेल्सीयस मापन गरिएको छ । बिहान–बेलुका चिसो भएपनि दिउँसोपख गर्मी हुन थालिसकेको छ ।

सर्लाहीको मौसम ३÷४ दिनदेखि नै पानी पर्ला जस्तो भई धाम्मधुम्म भइरहेको छ । आकाशमा बादल देखिए पनि पानी पर्न भने सकिरहेको छैन् ।

पानी नपर्दा वायु प्रदुषण बढेको छ । त्यस्तै, हिउँदे बालीनाली पनि प्रभावित भइरहेका छन् ।