हरिवन – सर्लाहीको हरिवन नगरपालिका–११ मा रहेको समृद्धि बचत तथा ऋण सहकारी संस्थाले निःशुल्क आँखा शिविर सम्पन्न गरेको छ ।
शिविरमा आँखा जाँच गराएकामध्ये ३६ जनामा मोतिबिन्दुको समस्या देखिएको छ । संस्थाले हरिवन नगरपालिका– ३ डाबरी बजारमा एकदिने निःशुल्क आँखा शिविर सम्पन्न गरेको हो ।
जम्मा ३ सय ३६ जनाले आँखा जाँच गराएका छन् । त्यसमध्ये ३६ जनामा मोतिबिन्दुको समस्या देखिएको संस्थाका अध्यक्ष अर्जुन पन्तले जानकारी दिए ।
सामुदायिक आँखा अस्पताल हेटौँडा र लायन्स क्लब हेटौँडाको सहयोगमा शिविर सञ्चालन गरिएको हो । मोतिबिन्दुको समस्या देखिएका ३६ जनाको संस्थाले नै बुधबार हेटौंडा लगेर निःशुल्क अपरेसनको व्यवस्थासमेत मिलाएको अध्यक्ष पन्तले बताए ।
अपरेसन गर्दा बिरामीको केही खर्च नहुने र सबै व्यवस्था संस्थाले नै गर्ने समृद्धि सहकारीले जनाएको छ ।