logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

नरेन्द्र साहले धनगढामा विद्यार्थीलाई कापी कलम बाँडे


  • उज्यालो अभियान

बसबरिया – समाजसेवी एवं सर्लाही क्षेत्र नंं. ३ का प्रतिनिसध सभा सदस्य उम्मेदवार नरेन्द्र प्रसाद साह कलवारले मंगलबार बसबरिया गाउँपालिका–४, धनगढामा विद्यार्थीलाई कापी, कलम वितरण गरेका छन् ।

संविधान सभाका सदस्य समेत रहेका साहले धनगढास्थित आदर्श जनता माध्यमिक विद्यालयका ८, ९, १०, ११ र १२ मा अध्ययनरत २५० जना विद्यार्थीलाई दुई–दुई थान कापी र एक–एक थान कलम वितरण गरेका हुन् । मंसिर ४ को निर्वाचनमा कडा प्रतिस्पर्धाकाबीच थोरै मतले पराजित हुनुभएका साहले केही दिनदेखि आफ्नो निर्वाचन क्षेत्रमा पर्ने विद्यालयका विद्यार्थीलाई व्यक्तिगत खर्चमै कापी, कलम बाँडिरहेका छन् ।

साहले सोही विद्यालयमा मंगलबारबाट सुरु भएको ३ दिने महावीर झण्डा मेलाको पनि उद्घाटन गरेका छन् । कार्यक्रममा बसबरिया गाउँपालिकाका निवर्तमान अध्यक्ष रामअयोध्या प्रसाद यादव, कांग्रेस नेता एवं बरहथवा नगरपालिकाको मेयरका प्रत्यासी बिगुप्रसाद चौधरी, गजेन्द्र साह लगायतको आतिथ्यता रहेको थियो ।