logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

चक्रघट्टामा सय अति विपन्न परिवारलाई कम्बल वितरण


  • उज्यालो अभियान

चक्रघट्टा – सर्लाहीको चक्रघट्टा गाउँपालिकामा मंगलबार एक सय अति विपन्न परिवारलाई कम्बल वितरण गरिएको छ ।

चिसो प्रभावित परिवारलाई जिल्ला विपद् व्यवस्थापन समिति सर्लाहीले कम्बल उपलब्ध गराएको हो । चक्रघट्टा गाउँपालिका वडा नं. २ का ६२ मुसहर परिवार, वडा नं. ७ का २३ भाँट परिवार र वडा नं. ८ का १५ अति विपन्न परिवारलाई एक÷एक थान कम्बल वितरण गरिएको जिल्ला प्रशासन कार्यालय मलंगवाले जनाएको छ ।

चक्रघट्टा गाउँपालिकाका अध्यक्ष कृष्णकुमार यादव, जिल्ला प्रशासन कार्यालय मलंगवाका प्रतिनिधिका रुपमा नायब सुब्बा रामकृपाल महतो लगायत भएर चिसो प्रभावितलाई कम्बल वितरण गरेका छन् । न्यानो कम्बल पाउँदा खुसी लागेको चक्रघट्टा गाउँपालिका–२, बेल्हीका झगरु माझीले बताए ।

जिल्ला विपद् व्यवस्थापन समितिले अहिले जिल्लाका विभिन्न पालिकाहरुसँग समन्वय गरी चिसोबाट प्रभावित भएकाहरुलाई कम्बल वितरण गरिरहेको छ ।