रानिगन्ज – नेपाली कांग्रेस निकट नेपाल किसान महासंघ सर्लाहीको अध्यक्षमा विष्णुमणि घिमिरे मनोनित भएका छन् ।
लालबन्दी १७ रानिगन्ज निवासी कांग्रेस नेता घिमिरेलाई नेपाल किसान महासंघको केन्द्रीय समितिका अध्यक्ष गणेशचन्द्र तिमल्सिनाले सोमबार सर्लाही जिल्ला अध्यक्षमा नियुक्त गरेका हुन् । घिमिरेको मनोनयन पत्रमा जिल्लाभित्र सम्पूर्ण वडा, पालिका, प्रदेश र संघीय निर्वाचन क्षेत्रहरुको अधिवेशनहरु केन्द्रले तोकेकै मितिमा गराउन जिम्मेवारी दिइएको छ ।
यसअघि नेविसंघ सर्लाहीको पनि अविधेशन सम्पन्न गर्न तत्कालका लागि नेविसंघ सर्लाहीको अध्यक्षमा धिरज दाहा मनोनित भएका थिए ।