logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

हरिवन जेसीजको दोस्रो पदस्थापन समारोह सम्पन्न


  • उज्यालो अभियान

कार्यक्रमको उद्घाटन गरिँदै ।

हरिवन – सर्लाहीको हरिवनमा आइतबार राति अबेर हरिवन सिटी जेसीजको दोस्रो पदस्थापन कार्यक्रम सम्पन्न भएको छ ।

हरिवन सिटी जेसीज २०२२ का अध्यक्ष विनोद महतको अध्यक्षता तथा जिल्ला समन्वय समिति (जिसस) सर्लाहीका प्रमुख कौशलकिशोर सिंहको प्रमुख आतिथ्यतामा सम्राट पार्टी प्यालेसमा पदस्थापन कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा हरिवन नगरपालिकाकाकी उपमेयर हरिमाया घलान, विभिन्न वडाका वडाध्यक्ष, जेसीजको एरिया बी हेर्ने राष्ट्रिय उपाध्यक्ष सोनी श्रेष्ठ, जेसीजको विभिन्न शाखाका प्रमुख तथा प्रतिनिधि, विभिन्न सामाजिक संघसंस्थाका प्रमुख तथा प्रतिनिधि, संचारकर्मीलगायतको आतिथ्यता रहेको थियो ।

सो कार्यक्रममा विनोद महत नेतृत्वको हरिवन सिटी जेसीज वर्ष २०२२ ले केही दिनअघि सर्वसम्मत रुपमा राजेश प्रसाद चौधरीको नेतृत्वमा गठन भएको वर्ष २०२३ को नेतृत्वलाई कार्यभार सुम्मिएको छ । हविनमा जेसीजको शाखाले मान्यता पाएपछि पहिलो साधारण सभाबाट चौधरीको अध्यक्षतामा ७ सदस्यीय नयाँ कार्य समिति चयन गरेको थियो ।

समितिको कार्यकारी उपाध्यक्षमा रामप्रवेश दास र श्रवण भट्टराई, उपाध्यक्षमा किरण कुमार थिङ, समुन्द्र देव खत्री, सन्दिप लामा र अर्जुन कुमार साह रहेका छन् । नयाँ अध्यक्ष चौधरीसहित अन्य पदाधिकारीलाई यसअघिका निवर्तमान अध्यक्ष विनोद महतले शपथ ग्रहण समेत गराएका छन् ।

अध्यक्ष चौधरीले आफ्नो नेतृत्वलाई साथ, सहयोग र सल्लाहका लागि विभिन्न सामाजिक व्यत्तित्वहरुलाई समेटेर सल्लाहकारमा नियुक्त गरेका छन् । कार्यक्रममा नेपाल पत्रकार महासंघ सर्लाहीका अध्यक्ष टंकबहादुर क्षेत्रीलाई जेसीज हरिवनको मानार्थ सदस्यता प्रदान गरिएको छ ।

पत्रकार महासंघका अध्यक्ष क्षेत्रीलाई मानार्थ सदस्यता प्रदान गरिँदै ।

त्यसैगरी, हरिवन सिटी जेसीजको वर्ष २०२२ मा भएको कार्यक्रमहरुलाई समाजमा सही समाचार सप्रेषण गरी जेसीज अभियानलाई अग्रस्थानमा पु¥याउन योगदान गरेको भन्दै उज्यालो अभियान दैनिकका समाचार प्रमुख जनार्जन खत्रीलाई कदर–पत्रसहित सम्मान गरिएको छ ।

उज्यालोका समाचार प्रमुख जनार्जन खत्रीलाई सम्मान गरिँदै ।