बागमती – नेपाल मगर संघ सर्लाहीको अध्यक्षमा पूर्णबहादुर राना मगर चयन भएका छन् ।
शनिबार बागमती नगरपालिका–१, मिलन चोक मगर गुम्बामा सम्पन्न ७ औँ जिल्ला अधिवेशनबाट रानाको नेतृत्वमा २२ सदस्यीय जिल्ला कार्य समिति चयन गरिएको हो । मगर संघको वरिष्ठ उपाध्यक्षमा डोमबहादुर थापा (रन्जन), उपाध्यक्ष त्रेयमा कृष्णबहादुर सिंजाली, शिव दंगाली र बेनीबहादुर बलम्पाकी, सचिवमा हस्तबहादुर रेग्मी, सहसचिवमा युवमाया राना, कोषाध्यक्षमा सुनिता दंगाली लगायत अन्य सदस्य रहेका छन् ।
नेपाल मगर संघका जिल्ला अध्यक्ष तेजनारायण आले मगरको अध्यक्षता तथा प्रदेशसभा सदस्य बेची लुंगेलीको प्रमुख आतिथ्यतामा आयोजित अधिवेशनमा संघका केन्द्रीय उपमहासचिव छत्रबहादुर लुंगेली (विमल), केन्द्रीय सदस्य ओमबहादुर राना मगर, पूर्व केन्द्रीय सदस्य लेखराम जर्गा मगर (अर्जुन) लगायतको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा मगर समुदायको हकहितमा निरन्तर लागि पर्ने प्रदेशसभा सदस्य बेची लुंगेलीसहित अन्यलाई सम्मान समेत गरिएको संघका निवर्तमान जिल्ला उपाध्यक्ष घनश्याम बलम्पाकीले जानकारी दिए ।