logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

चन्द्रनगरमा दलितलाई कम्बल वितरण


  • उज्यालो अभियान

चन्द्रनगर – सर्लाहीको चन्द्रनगर गाउँपालिका ६ दलित बस्तीमा शुक्रबार सय घरधुरी दलितलाई एक÷एक थान कम्बल वितरण गरिएको छ ।

जिल्ला विपद् व्यवस्थापन समितिमार्फत चिसोबाट प्रभावित दलित परिवारलाई कम्बल उपलब्ध गराइएको हो । प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, गाउँपालिकाका अध्यक्ष राजकुमार महतो, सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद अधिकारी, प्रहरी उपरीक्षक नरेशराज सुवेदीलगायतको उपस्थिति रहेको थियो ।

दलित बस्तीसम्म लगेर कम्बल वितरण गर्न सामुदायिक दिगो विकास सेवा समाज मलंगवाले समन्वय गरेको संस्थाका कार्यक्रम निर्देशक वीरेन्द्रकुमार गुप्ताले जानकारी दिए ।