प्रतिकात्मक तस्बिर ।
हरिपूर्वा – सर्लाहीको हरिपूर्वा नगरपालिकामा बिहीबार एक युवकको कुलोमा डुबेर मृत्यु भएको छ ।
हरिपूर्वा नगरपालिका–९, बसन्तपुर पछियारी टोल बस्ने १८ वर्षीय ललन राय यादवको बोरिङबाट सिचाइँ गर्न बनाइएको कुलोमा डुबेर मृत्यु भएको हो । बिहीबार बिहान घर नजिकैको कुलोभित्र युवकलाई मृत अवस्थामा देखेपछि स्थानीयले प्रहरीमा खबर गरेका थिए ।
घटनास्थलको प्रकृति मुचुल्का गरी मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा पठाइएको प्रहरीले जनाएको छ । स्थानीयका अनुसार मृतक युवकले प्रायः लागूऔषध सेवन गर्ने गर्थे ।