बयलवास – सर्लाहीको ईश्वरपुर नगरपालिकास्थित बयलवास गोरु बजारमा बिहीबार व्यावसायिक भवनको शिलान्यास गरिएको छ ।
ईश्वरपुर नगरपालिकाले आफ्नै लगानीमा बनाउन लागेको भवनको मेयर मनोजकुमार आचार्यले शिलान्यास गरेका हुन् । २ वर्षभित्र २ तले २ वटा व्यावसायिक भवन बनाउन लागिएको ईश्वरपुर नगरपालिकाले जनाएको छ ।
भवनको शिलान्यास कार्यक्रममा उपमेयर रन्जितादेवि चौधरी, विभिन्न वडाका वडाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत हीराकाजी श्रेष्ठ, योजना शाखा प्रमुख पुष्करमणि घिमिरे, उद्योग वाणिज्य संघका सन्तोष राय र शारदा मैनालीलगायतको उपस्थिति रहेको थियो ।