कविलासी – २२ औँ सशस्त्र प्रहरी दिवसका अवसरमा सशस्त्र प्रहरीले शनिबार सर्लाहीमा रक्तदान कार्यक्रम गरेको छ ।
कविलासी नगरपालिका अगर्वास्थित सशस्त्र प्रहरी बल नेपाल नं. १० गण हेडक्वार्टरभित्र रक्तदान कार्यक्रम गरिएको हो । जसमा २५ जनाले रक्तदान गरेका छन् । नेपाल रेडक्रस सोसाइटी मलंगवा शाखाले संचालन गरेको रक्तसंचार केन्द्रसँगको सहकार्यमा रक्तदान सम्पन्न भएको हो ।
२२ औँ सशस्त्र प्रहरी दिवसका अवसरमा शनिबार जिल्लाका विभिन्न मठमन्दिर तथा पाटीपौवाको सरसफाई गरिएको छ । माघ ९ गते विशेष कार्यक्रमका बीच दिवस मनाउने तयारी छ ।