मलंगवा – सर्लाहीका सशस्त्र प्रहरी उपरीक्षक भरत खनियाँको पनि नियमित सरुवा भएको छ ।
सशस्त्रका ९७ जना एसपीको सरुवा हुँदा सर्लाहीको कविलासी नगरपालिका अगर्वास्थित सशस्त्र प्रहरी बल नेपाल नं. १० गण हेडक्वार्टरमा कार्यरत एसपी खनियाँको सशस्त्र प्रहरी बल नेपाल नं. ४ मुक्तिनाथ बाहिनी मुख्यालय कास्कीमा सरुवा भएको हो ।
सर्लाहीमा एपिएफ इन्टेलिजेन्स ब्यूरोबाट सशस्त्र प्रहरी उपरीक्षक तुलबहादुर भण्डारी आउने भएका छन् । सर्लाहीमा भर्खरै प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमको सरुवा भएको छ भने नेपाल प्रहरीका नयाँ उपरीक्षक नरेशराज सुवेदी केही दिनअघि मात्रै सरुवा भएर आएका छन् ।