logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

सर्लाहीका प्रमुख जिल्ला अधिकारी गौतमको सरुवा


  • उज्यालो अभियान

मलंगवा – सर्लाहीका प्रमुख जिल्ला अधिकारी (सीडीओ) थानेश्वर गौतमको सरुवा भएको छ ।

गृहमन्त्रालयले गएसाँझ देशभरका ७० जना सीडीओ र सहायक सीडीओको सरुवा गर्दा गौतमको पनि यहाँबाट काज सरुवा भएको हो । गत वर्ष पुस १३ गते सर्लाहीमा हाजिर भएका गौतमको गृहमन्त्रालयमा सरुवा भएको छ ।

गृह अन्तर्गत अनुभवी र कुशल प्रशासकको छवि बनाएका सह–सचिव गौतमको सर्लाहीबाट १३ महिनापछि नियमित सरुवा भएको हो । गएको वर्ष ईश्वरपुर नगरपालिकास्थित बयलवासमा प्रहरी भ्यानको ठक्करबाट एक जना युवकको मृत्यु भएपछि तनावग्रस्त अवस्था सिर्जना भइरहेकाबेला मन्त्रालयले गौतमलाई यहाँ सरुवा गरेर पठाएको थियो ।

यसैबीच, सर्लाहीमा नयाँ प्रमुख जिल्ला अधिकारीका रुपमा सह–सचिव इन्द्रदेव यादवलाई पठाइएको छ । यादवलाई सुनसरी जिल्लाबाट सर्लाहीको प्रमुख जिल्ला अधिकारीका रुपमा खटाइएको हो ।

यादव सुनसरी जानुअघि छिमेकी जिल्ला रौतहटको प्रमुख जिल्ला अधिकारीका रुपमा काम गरेको अनुभव छ ।