लालबन्दी – सर्लाहीको लालबन्दीमा शनिबार लालबन्दी जेसिजको चौंथो पदस्थापन कार्यक्रम सम्पन्न भएको छ ।
लालबन्दी जेसिजको वर्ष २०२२ का का अध्यक्ष सन्तोष पौडेलको अध्यक्षता तथा लालबन्दी नगरपालिकाका मेयर बासुदेव अधिकारीको प्रमुख आतिथ्यतामा पदस्थापन कार्यक्रम सम्पन्न भएको हो । सो समारोहमा लालबन्दी जेसिज वर्ष २०२३ को नवगठित नेतृत्वको पदस्थापन भएको हो ।
केही दिनअघि भएको भेलाबाट वर्ष २०२३ का लागि ठाकुरप्रसाद बख्रेल (मनोज) अध्यक्ष रहने गरी जेसिजको नयाँ कार्य समिति चयन गरिसकिएको थियो ।
लालबन्दी नगरपालिका ९ बस्तीपुरस्थित होटल आर्य ईनमा भएको कार्यक्रममा लालबन्दी नगरपालिकाकी उपमेयर कल्पनामाया पाख्रिन, लालबन्दीका पूर्व मेयर मानबहादुर खड्का, विभिन्न ठाउँबाट जेसिजका पदाधिकारीलगायतको आतिथ्यता रहेको थियो ।