logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

लायन्स क्लबद्वारा लालबन्दीमा १२० विपन्न घरधुरीमा कम्बल वितरण


  • उज्यालो अभियान

लालबन्दी – लान्यस क्लबले बिहीबार सर्लाहीको लालबन्दी नगरपालिकाको ६ वटा वडामा १२० घरधुरी विपन्न परिवारलाई कम्बल वितरण गरेको छ ।

लायन्स क्लब अफ लालबन्दी सेन्चुरी र लालबन्दी सिटीको संयुक्त आयोजनामा लालबन्दी नगरपालिकाको वडा नं. ५, ६, ७, ८, १३ र १५ मा चिसोबाट अतिप्रभावित विपन्न परिवारलाई कम्बल वितरण गरिएको हो ।

लायन्सको जोन चियर पर्सन गोपाल बहादुर श्रेष्ठको अध्यक्षतामा पाष्ट प्रेसिडेन्ट शाकार शर्मा, वर्तमान प्रेसिडेन्ट सुशील दाहाल, सिटीका प्रेसिडेन्ट चिरन्जीवी खतिवडालगायत लायन्स क्लबका पदाधिकारीको उपस्थ्तििमा विपन्न परिवारलाई जाडोमा न्यानो होस् भन्ने उद्देश्यले कम्बल वितरण गरिएको लायन्स क्लब सेन्चुरीका उपाध्यक्ष मोहनकुमार राउतले जानकारी दिए ।