logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

सिटी डिपार्टमेन्ट स्टोर्सका संचालक साहद्वारा आश्रममा खाद्यान्न सहयोग


  • उज्यालो अभियान

नवलपुर – सर्लाहीको लालबन्दी बजारमा संचालित सिटी डिपार्टमेन्ट स्टोर्सका संचालक रवी गुप्ताले आइतबार जुटपानी आश्रममा खाद्यान्न सहयोग गरेका छन् ।

लालबन्दी नगरपालिका ७ निवासी कुशेश्वर साहका छोरा रवीले माघे संक्रान्तिको अवसर पारेर पद्म–भुवनेश्वरी नमूना वृद्ध सेवाआश्रममा खाद्यान्न सहयोग गरेका हुन् ।

उनले आश्रममा दिउँसोको खाजाका लागि बिस्कुट र चाउचाउ २ कार्टुन, बेलुकाको मिष्ठान्न भोजनका लागि २० केजी चामल, २ केजी दाल, नुन र तेल ३ केजी तथा नगद ३ हजार ५ सय रुपैयाँ हस्तान्तरण गरेका आश्रमकी संचालक भवानी कोइरालाले जानकारी दिईन् ।