लालबन्दी – सर्लाहीमा क्षेत्र नं. २ र ३ माओवादी केन्द्र तथा क्षेत्र नं. ४ कांग्रेसले लिने सहमती जुटेको छ ।
खाली राखिएको क्षेत्र नं. १ लोसपाले पाउने निश्चित जस्तै छ । सत्ताधारी गठवन्धनले जसपा बाहिरिएपछि अब अहिले बिहान लोसपासँग गठवन्धनबारे अन्तिम निर्णय लिँदै छ । लोसपाका लागि खाली राखिएको क्षेत्र नं. १ मा सो पार्टीले कस्ललाई उम्मेदवार बनाउँछ ? भन्ने सर्वत्र चासो छ ।
माओवादीको भागमा परेको क्षेत्र नं. २ बाट निवर्तमान सांसद एवं नेपाल समाजवादी पार्टीका नेता महेन्द्र राय यादव माओवादीको चुनाव चिन्ह लिएर चुनाव लड्ने निश्चित छ । क्षेत्र नं. ३ बाट माओवादीले भर्खरै आफ्नो पार्टीमा आएका नरेन्द्रप्रसाद साहलाई उठाउने पक्का जस्तै छ । कांग्रेसले आफ्नो भागमा परेको क्षेत्र नं. ४ बाट निवर्तमान सांसद डा. अमरेशकुमार सिंहलाई नै उठाउँछ वा अरु उठ्छन् भन्ने निश्चित भइसकेको छैन् ।
यस्तै, ८ वटा प्रदेश निर्वाचन क्षेत्रमध्ये हालसम्मको सहमतीमा क्षेत्र नं. १ क नेपाली कांग्रेस, ख नेकपा एकीकृत समाजवादी, क्षेत्र नं. २ को क नेपाली कांग्रेस, ख लोसपाका लागि खाली, क्षेत्र नं. ३ को क नेकपा एकीकृत समाजवादी, ख लोसपाकै लागि खाली र क्षेत्र नं. ४ को क नेपाली कांग्रेस र ख माओवादी केन्द्रका लागि छुट्याइएको छ ।
निर्वाचन क्षेत्रको बाँडफाँड लगभग टुंगो लागेको अवस्था रहेको नेताहरुले बताएका छन् । अब आज उम्मेदवारहरुको पनि टुंगो लगाउने सत्ता गठवन्धनको तयारी छ ।