कार्यवाहक अध्यक्ष ईश्वर महत ।
हरिवन – नेपाली कांग्रेस ३ नम्बर प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र अन्तर्गत प्रदेश सभा क क्षेत्रीय कार्यसमितिकाे कार्यवाहक अध्यक्षमा ईश्वर महत चयन भएका छन् ।
जिल्ला अधिवेशन अन्तर्गत केही महिना अघि सम्पन्न प्रदेश सभा क क्षेत्रीय कार्यसमितिकाे अध्यक्षमा मतदान मार्फत नै निर्वाचित अध्यक्ष जवाहर कुशवाहा नेकपा माओवादी केन्द्रमा प्रवेश गरेपछि लाेकप्रिय मत सहित उपाध्यक्षमा विजयी ईश्वर महतलाई कार्यवाहक अध्यक्षमा चयन गरिएकाे हाे । जिम्मेवारी अनुसार पार्टीलाई अझ सशक्त एवं जुझारु ढंगबाट अगाडि बढाईने कावा अध्यक्ष महतले प्रतिवद्दता जनाए । महतकै अध्यक्षतामा बसेकाे प्रदेश सभा क्षेत्रीय समितिकाे बैठकले आगामी मंसिर ४ गते हुने प्रतिनिधि एवं प्रदेश सभा निर्वाचनका लागि उम्मेद्वार समेत सिफारिस गरिसकेकाे छ ।