logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

नेकपा बहुमतकाे दुई स्थानमा मार्चपास


  • उज्यालो अभियान

विष्णु – विप्लव समूहबाट अलगिएको नेपाल कम्युनिष्ट पार्टी बहुमतले शनिबार सर्लाहीका दुई स्थानमा मार्चपास गरेको छ ।

पार्टीको २ महिने संगठन विस्तार अभियान अन्तर्गत दक्षिणी भेगस्थित क्षेत्रमा पर्ने विष्णु गाउँपालिका र सदरमुकाम मलंगवामा मार्चपास गरिएको हो । मलंगवामा कोण सभा समेत गरी नेताहरुले सम्वोधन समेत गरेका थिए ।
भर्खरै विप्लव समूहबाट अलगिएर धर्मेन्द्र बाँस्तोला र हेमन्तप्रकाश ओली नेतृत्वको नेकपा बहुमतले सर्लाहीका विभिन्न स्थानमा पार्टीको नारा र विचारसहितको वाल पेन्टिङको काम गरिरहेको छ । सो पार्टीले सर्लाहीका गाउँ गाउँमा संगठन विस्तारसँगै एमसीसी र एसपीपीको विरोध, मिटरब्याजीविरुद्ध प्रदर्शनलगायतका गतिविधि जारी राखेको नेता विचारमान थिङले जानकारी दिए ।