logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

‘जनताको साथमा कांग्रेस’ अभियान सर्लाहीमा पनि सूरु


  • उज्यालो अभियान

सदरमुकाम मलंगवा स्थित कुसुम पार्टी प्यालेसमा ‘जनताको साथमा कांग्रेस’ अभियानको उद्घाटन समारोहमा उपस्थित नेताहरु । (तस्बीर : उज्यालो अभियान)

मलंगवा – सर्लाहीमा नेपाली कांग्रेसले शुक्रबारबाट ‘जनताको साथमा कांग्रेस’ अभियानको सुरुवात गरेको छ ।

सदरमुकाम मलंगवामा अभियानका लागि केन्द्रबाट खटाइएका प्रतिनिधि एवं पार्टीका केन्द्रीय सदस्य दिनेशकुमार यादवको प्रमुख आतिथ्यतामा अभियानको उद्घाटन गरिएको हो । अभियानको उद्घाटन समारोहमा जिल्लाभरबाट नेपाली कांग्रेसका नेताहरु उपस्थित थिए । सदरमुकाम मलंगवा स्थित कुसुम पार्टी प्यालेसमा आयोजित कार्यक्रम जिल्ला सभापति सुरेन्द्र प्रसाद सिंहको अध्यक्षता तथा सचिब निरोज कार्कीको सञ्चालनमा भएको थियो । कार्यक्रममा पूर्व केन्द्रीय सदस्य जंगिलाल राय, पूर्व आमन्त्रित केन्द्रीय सदस्य शम्भुलाल श्रेष्ठ, पूर्व जिल्ला सभापति लक्ष्मण राय, सत्यदेव सिंह दनुवार, पूर्व प्रदेश सांसद् उपेन्द्र कुशवाहा, जिल्ला समन्वय समितिका प्रमुख कौशल किशोर सिंह, जिल्ला कार्यसमितिका अन्य पदाधिकारी एवं सदस्यहरु, क्षेत्रीय सभापतिहरु सहित नेता कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।

जनताको समस्या सुन्ने, कांग्रेसले गरेका सुधारका कार्य जनतालाई जानकारी गराउने तथा तालमेलको आवश्यकता बारे नागरिकलाई अवगत गराउने राष्ट्रव्यापी अभियानको उद्देश्य छ । शुक्रबार भदौ १० गतेदेखि सुरु भएको अभियान भदौ २५ गतेसम्म संचालन हुने छ ।