चन्द्रनगर – सर्लाहीको चन्द्रनगर गाँउपालिका ४ पोखरीयाका मुसहर महिला सशक्तिकरण मञ्चका ५० जनालाई लैङ्गिक रुपान्तरणका लागी सामाजिक मूल्य मान्यता र व्यवहार परिवर्तन बिषयक २ दिने तालिम संचालन गरिएको छ ।
मुसहर महिला सशक्तिकरण मञ्चमा आवद्ध भएरपछि उनिहरुको नेतृत्व क्षमता विकास, सशक्तिकरण चेतना वृद्धि हुदै आएको छ । कमाएको जती सबै खाएर उडाउने भनेर आरोप खेप्दै आएका महिलाहरु समुह आवद्ध भएपछि माशिक बचत संकलन जर्दै आएका छन ।
साप नेपालले बैठक बापत ५० जनालाई दिने खाजा खर्च समेत बैकमा खाता खोलेर जम्मा गदै आएको समुहकी अगुवा सुनिता माझीले बताईन । यतिमात्र नभएर मुसहर महिलाहरु स्थानिय सरकार वडा कार्यालय तथा गाँउपालिकामा आफ्ना योजना र बजेट माग गर्दै आएका छन ।
यसका साथै समुहका मुसहर महिलाहरुले आगामी दिनमा आफ्नो समुदाय घर परिवारका सदस्यको खराब आनी बानी सुधार गर्नको लागी तालिम बाट सिकेको समेत अध्यक्ष माझिले बताईन । सशक्तिकरण मञ्चका सदस्य, सदस्यको श्रीमान,सासु, ससुरा, देवर, जेठाजु वा दाजु, नन्द, गरी ५० जनालाई तालिम दिएको छ ।
कार्यक्रमको उद्घाटन शत्र मुसहर महिला सशक्तिकरण मञ्चकी अध्यक्ष सुनिता देवी माझीको अध्यक्षतामा भएको थियो । प्रमुख अतिथि चन्द्रनगर गाँउपालिका ४ को वडा अध्यक्ष संजिव सिहं दनुवारको आतिथ्यतामा संचालन गरीएको थियो ।
कार्यक्रममा बोल्दै वडा अध्यक्ष दनुवारले मुसहर वालवालिकाको जन्म दर्ता गराउन सहयोग गर्ने, दलित बिद्यार्थिहरुलाई बिद्यालयमा पढने बातावरण तयार गर्ने बताए । कार्यक्रममा प्रहरी चौकी मोहनपुरका असई अर्जुन पजियारले लैगिंक हिंशा, वाल विवाह,वहुविवाह,यौन र्दुव्यवहार सम्बन्धी कानुनी प्राबधान बारे बताउदै आफुमाथि यस्तो घटना घटेमा प्रहरीको १०० नंबरमा फोन गर्न सल्लाह दिए ।
सर्लाहीको दलित तथा मुसहर समुदाय लैङ्गिक समानता र सामाजिक समावेशीकरणको क्षेत्रमा अझै निकै पछाडि परेका छन् । असमानताको खाडलहरुलाई कमगर्न घर परीवार देखीनै परिबर्तनको सुरुवात गर्नुपर्दछ भन्ने उद्देस्यले हानिकारक सामाजिक मूल्य मान्यता र व्यवहार परिवर्तन गर्न तालिमको आयोजना गरेको साप नेपालका कार्यक्रम संयोजक जनक कार्कीले बताए ।
जिल्लाका ४ वटा पालिकाहका १५० घरपरिवारका ७५० जनालाई माझी मुसहर समुदायलाई लैङ्गिक रुपान्तरणकालागी सामाजिक व्यवहार परिवर्तन तथा मूल्य मान्यता सम्बन्धी सत्र संचालन गर्न लागेको बताए । कार्यक्रममा मुसहर समुदायका अगुवा एवं प्रशिक्षक पचुलाल माझिले लैङ्गिक समानता, लैङ्गिक शक्ति, सम्बन्ध र व्यवहारको बारेमा प्रशिक्षण गर्दै महिला हिंशा, वाल विवाह र यसले पारेको नकारात्मक असरहरु र यसको रोकथामका लागी गर्नुपने नितिगत तथा व्यवहारी पक्षको वारेमा प्रशिक्षण गर्नु भएको थियो ।
मुसहर समुदाय गरिवी, अशिक्षा, चेतनाको कमिका कारण हरेक क्षेत्रमा पिछडीएका छन । वाल विवाह, जाँड रक्सी सेवन, तिलक प्रथा जातिय छुवाछुत र विभिन्न सामाजिक मुल्य मान्यता आदिका कारण आर्थिक, सामाजिक रुपमा कमजोर रहेकोले खराव बानि व्यहनोरालाई हटाएर राम्रो कामको सुरुवात गर्ने तालिमले सिकाउने प्रशिक्षक पचुलाल माझिले बताए । मुसहर संघ सलाहिका अध्यक्ष रितुराज ऋिषीले मुसहर महिलाको नेतृत्वको भूमिकालाई परिवर्तन गर्नको लागि समुदाय, घर परिवार भित्रै बाट उनीहरुको नेतृत्वदायी भूमिका प्रवद्र्धन गर्न प्रयार गर्नुपर्ने बताए ।
परिर्वतनका लागी प्रत्यकले पारिवारीक छलफल तथा निर्णयहरूमा महिलाको सहभागिता बडाउनुका साथै गलत मुल्य मान्यता हटाउन तालिमले सिकाएको बताए । अन्डेफको सहयोगमा साउथ एसीया पार्टनरशिप नेपाल (साप–नेपाल) को आयोजना तथा नेपाल राष्ट्रिय मुसहर संघको सहकार्यमा तालिम संचालन हुदै आईरहेको छ ।
सर्लाहीका बरथहवा, हरिपुर, बस्बरीया र चन्द्रनगर गाँउपालिका मुसहर महिला सशक्तिकरण मञ्चको १५० घर परिवार सदस्यको श्रीमान,सदस्यका ससुरा, देवर, जेठाजु वा दाजु, नन्द, आमाजु वा सासु गरी ७५० जनालाए तालिम संचालन गरीने छ । हरिपुर ८ पिडारीमा पहिलो पटक १० परिवारका समुहका सदस्य, श्रीमान, सासु, ससुरा, देवर, जेठाजु वा दाजु, नन्द, आमाजु गरी ५० जनालाई एकै ठाउमा राखेर तालिम संचालन गरेको हुनाले प्रभावकारी रहेको मुसहर अगुवा श्यामवावु भाझीले बताए ।
तालिममा सहभागीलाई विभिन्न उप समुहमा विभाजन गरेर समाजका हानिकारक सामाजिक मुल्य मान्यता र समाधानका उपाएहरु टिप्पोट गरेर प्रस्तुतिकरण गराईएको थियो । तालिममा असल वानि व्यहोरा के के हुन खराव वानि व्यहोरा के के हुन भनि श्रीमान,ससुरा, देवर, जेठाजु, नन्द, आमाजु र सासु आमाको छुट्टा छुट्टै समुहमा राखेर समुह कार्य र छलफल गराइएको थियो । प्रस्तुती पश्चात ससुरा समुहका अगुवाहरुले आज बाट आफुहरुले जाँड रक्सी सेवन नगर्ने बताए ।
देवर जेठाजु समुहका युवाहरुले गाँजा चुरोट नखाने जुवा तास नखेल्ने र वालवालिकाहरुलाई बिद्यालय पठाउन सहयोग गर्ने बताए । तालिममा उपस्थित कीशोरीहरुले २० वर्ष नपुगी विवाह नगर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।
तालिम पश्चात सहभागीहरुले घरपरिवारमा निर्णय प्रक्रियामा समान सहभागीता जनाउने, जन्मदर्ता बनाएर विद्यालय भर्ना अभियान संचालन गर्ने र वाल विवाह शुन्य अभियान संचालन गर्ने, जाँड रक्सी सेवन विरुद्ध अभियान संचालन गर्ने प्रतिवद्धता जनाएका छन । कार्ययोजना बनाएर गलत मुल्य मान्यता र व्यवहारहरु परिबर्तन गरी आयआर्जन बृद्धिगर्न आर्थिक योजना सहित केही रकम दिइने कार्यक्रम संयोजक कार्कीले बताए ।