logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

ड्रमभित्रको पानीमा डुबेर दुई वर्षीया बालिकाको मृत्यु


  • उज्यालो अभियान

प्रतिकात्मक तस्बीर ।

हरिवन – सर्लाहीको हरिवन नगरपालिका–२, अत्रौलीमा मंगलबार अपरान्ह ड्रमभित्रको पानीमा डुबेर २ वर्षीया बालिकाको ज्यान गएको छ ।

स्थानीय विजय महतोको २ वर्षकी छोरी अनुषा महतोको आफ्नै घरको आँगनमा राखेको पानीको ड्रममा डुबेर ज्यान गएको हो । बालिका खेल्नेक्रममा ड्रमभित्रको पानीमा डुबेर अचेत भएकी थिईन् । उनलाई तत्कालै उपचारका लागि नमूना अस्पताल हरिवन ल्याउँदा चिकित्सकले मृत घोषणा गरेका इलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ ।

मृतक बालिकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवा पठाइएको छ ।

यसैबीच, ईश्वरपुर नगरपालिका–१३, स्थित सागरनाथ जङ्गलमा गाडेको अवस्थामा शिशुको शव फेला परेको दुई दिन बितिसक्दा पनि अझै उनको पहिचान खुल्न सकेको छैन् । अस्ती सोमबार साँझ सागरनाथबाट श्रीनगरतर्फ जाने सडकदेखि करिव दुई सय मिटरभित्र जंगलमा अन्दाजी १६÷१७ महिनाको जस्तो देखिने शिशुको शव फेला परेको थियो ।

मृतक शिशु तराई मुलको जस्तो देखिन्छिन् । ईलाका प्रहरी कार्यालय केशरगन्जले आफ्नो मातहतको क्षेत्र र छिमेकी पालिकाहरुमा समेत मृतक शिशुको फोटो देखाउँदै हिँडेपनि उनको पहिचान नै खुल्न नसकेको र अझै पनि मृतकको नाम, ठेगाना र अभिभावक पहिचान गर्ने प्रयास भइरहेको जनाएको छ ।