logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

लालबन्दीको डालीमार्टमा अनुगमन, म्याद गुज्रिएको र कीरा परेको अखाद्य वस्तु बरामद


  • उज्यालो अभियान

डालीमार्टमा अनुगमन गरिँदै ।

लालबन्दी – सर्लाहीको लालबन्दी बजारस्थित डालीमार्टमा म्याद गुज्रिएको र कीरा परिसकेको अखाद्य वस्तु बिक्री भइरहेको पाइएको छ ।

सोमबार लालबन्दी नगरपालिकाबाट प्रमुख प्रशासकीय अधिकृत बासुदेव तिमल्सिनाको नेतृत्वमा पुगेको अनुगमन टोलीले त्यहाँ अनुगमन गर्नेक्रममा म्याद गुज्रिएको र कीरा परिसकेको अखाद्य वस्तु फेला पारेको हो । डालीमार्टबाट बिक्री भइरहेका सरसामग्रीबारे जनगुनासो आएको, सोमबार मात्रै एक जना ग्राहकलाई इडक्सन चुल्होमा लाग्ने भनी झुक्याएर सामान्य प्रकारको कुकर बिक्री गरिएको र पछि ती ग्राहकले घर लगेर सो कुकर इडक्सन चुल्होमा प्रयोग गर्न खोज्दा प्रयोग नभएपछि फिर्ता गर्न भनी ल्याउँदा फिर्ता नलिएको भन्दै गुनासो आएपछि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेतृत्वको टोली छड्के अनुगमनमा पुगेको थियो ।

म्याद सक्किएको बिस्कुट ।

प्रहरी समेतको उपस्थितिमा अनुगमन गर्दा म्याद गुज्रिएको चाउचाउ र बिस्कुट बिक्री भइरहेको तथा घुनकीरा र चिलेसा लागिसकेको मकैको च्याख्लालगायतका वस्तु बिक्री गरिरहेको पाइएको अनुगमन टोलीले जनाएको छ ।

मानव स्वास्थ्यमा गम्भीर असर गर्ने अखाद्य वस्तु बिक्री गरिएकोे भेटिएपछि डालीमार्टविरुद्ध निगम अनुसार जरिवाना गर्न मंगलबार राजस्व शाखाले पत्र काट्ने तयारी गरेको छ । अनुगमन टोलीले म्याद गुज्रिएको र घुनकीरा लागिसकेको वस्तु भने फोटो खिचेर डालीमार्टमै बुझाएर फर्किएको छ ।