logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

बरहथवामा ८ जना कार्यपालिका सदस्य चुनिए, एमाले एक्लैलाई स्पष्ट बहुमत


  • उज्यालो अभियान

बरहथवामा सोमवार निर्वाचित भएका ८ जना कार्यपालिका सदस्य । (तस्बीर सौजन्य : लक्ष्मण यादव)

बरहथवा – सर्लाहीको बरहथवा नगरपालिकामा नेकपा एमाले एक्लैले स्पष्ट बहुमत प्राप्त गरेको छ ।

त्यहाँ २८ जना कार्यपालिका सदस्यमध्ये १६ जना नेकपा एमालेकै भएका छन् । सोमबार भएको कार्यपालिका चुनावबाट छानिएका ८ जना सदस्यमध्ये ७ जना नेकपा एमालेका मात्रै छन् । एक जना भने बहुजन एकता पार्टी नेपालबाट छानिएका छन् ।

५ जना महिला कार्यपालिका सदस्यमा सबै एमालेका उम्मेदवार बिजयी भएका छन् । महिला कार्यपालिका सदस्यमा एमालेबाट लिलाकुमारी कुश्वार, राम कुमारी देवी खत्वे, लक्ष्मीनियाँ देवी, अनिता कुमारी र सरिता कुमारी विश्वकर्मा चयन भएका छन् । त्यस्तै, दलित वा अल्पसंख्यकबाट ३ जना कार्यपालिका सदस्यमध्ये २ जना एमालेबाट र एक जना बहुजन पार्टीबाट निर्वाचित भएका छन् । ं

जसमा एमालेबाट राकेश कुमार बैठा र सन्जय कुमार साह तथा बहुजनबाट विन्देश्वर प्रसाद धनकार निर्वाचित भएका छन् । बहुजनले कार्यपालिका चुनावमा एमालेसँगै तालमेल गरेको थियो ।

जिल्लाभरमा सबैभन्दा धेरै १८ वटा वडा रहेको बरहथवामा नेकपा एमालेले मेयर, उपमेयरसहित ७ वटा वडा, कांग्रेसले ६ वटा वडा, जसपाले २ वटा, लोसपा, बुहजन एकता र माओवादी समान एक÷एक वटा वडामा विजयी भएका छन् । एमालेले जिल्लाका २० पालिकामध्ये बरहथवामा मात्रै नगरप्रमुख जितेको हो ।

यहाँ एमालेकी नेतृ कल्पना कटुवाल जिल्लामै पहिलो नगरप्रमुखमा निर्वाचित भएकी छन् । यसैबीच, सोमबार बरहथवाको कार्यपालिका चुनाव सकिएसँगै सर्लाहीमा २० वटै स्थानीय तहमा कार्यपालिकाको चुनाव सकिएको छ ।

बरहथवामा अन्यत्र भन्दा ढिलो गरी मतगणना सुरु भई ढिलै सकिएको थियो । त्यहाँको वडा नं. १७ मा विवाद भएपछि वैशाख ३० गतेको मतदानलाई रद्ध गरी जेठ ३ गते दोहो¥याएर मतदान गराउनुपरेको थियो ।

बरहथवामा सोमवार निर्वाचित भएका ८ जना कार्यपालिका सदस्य । (तस्बीर सौजन्य : लक्ष्मण यादव)