बलरा – सर्लाहीको बलरा नगरपालिकामा बुधबार मतदानमार्फत ८ जना नगर कार्यपालिका सदस्य चयन गरिएको छ ।
त्यहाँ नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले तालमेल गरेर कार्यपालिका सदस्य चयन गरेका छन् । कांग्रेस र माओवादीबाट ४÷४ जना कार्यपालिका सदस्य चयन भएका हुन् ।
दलित वा अल्पसंख्यकबाट तीन जना नगर कार्यपालिका सदस्यमा माओवादी केन्द्रका अजाद कुमार सिंह र वीरेन्द्र साह तथा नेपाली कांग्रेसका कौशलकिशोर सिंह चयन भएका छन् । कार्यपालिका सदस्यमा चयन भएका कांग्रेसका कौशलकिशोर सिंह नगरप्रमुखमा पराजित भएका थिए ।
यस्तै, महिलाबाट ५ जना नगर कार्यपालिका सदस्यमा कांग्रेसकी बालकेशी देवी पासवान, परमिला देवी र सुशीला देवी तथा माओवादीका जैकली देवी र भागिया देवी चयन भएका छन् ।