हरिपूर्वा नगरपालिकामा चयन भएका कार्यपािलका सदस्यहरु । तस्बिर सौजन्य : मुकेश झा
हरिपूर्वा – सर्लाहीको हरिपूर्वा नगरपालिकामा मंगलबार कार्यपालिका सदस्यको निर्वाचन सम्पन्न भएको छ ।
मतदानमार्फत ८ जना कार्यपालिका सदस्य चयन गरिएको हो । कार्यपालिका निर्वाचनमा त्यहाँ नेपाली कांग्रेस र जनता समाजवादी पार्टी ९जसपा० ले तालमेल गरेका छन् । तालमेल गरी कांग्रेसले ४ र जसपाले ४ जना सदस्य लिएका छन् ।
३ जना दलित तथा अल्पसंख्यक नगर कार्यपालिका सदस्यमा कांग्रेसबाट शम्भु साह सोनार, जसपाबाट राजिव ठाकुर र राजदेव धोवी चयन भएका छन् । महिलाबाट नगर कार्यपालिका सदस्यमा कांग्रेसकी जैलस देवी चमार, मनतोरिया कुमारी र गीताकुमारी देवी तथा जसपाबाट देवकला माझी मुसहर र उषा कुमारी चयन भएका हरिपूर्वास्थित निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
सर्लाहीका पालिकाहरुमा अहिले गाउँ तथा नगर कार्यपालिका सदस्यहरुको निर्वाचन धमाधम भइरहेको छ । बहुमत नरहेको ठाउँमा दुई वा दुईभन्दा बढी दलले तालमेल गरेर कार्यपालिका सदस्य चयन गरिरहेका छन् । कार्यपालिका चुनावका लागि प्रत्यक्ष निर्वाचनबाट चुनिएर आएका जनप्रतिनिधिहरु मतदाता हुने भएकाले उनीहरुलाई अहिले विभिन्न होटलहरुमा लगेर राखिएको छ ।