कार्यक्रममा उपस्थिति एमाले नेताहरु । (तस्बीर : उज्यालो अभियान)
सागरनाथ – सर्लाहीको ईश्वरपुर नगरपालिकास्थित सागरनाथ चोकमा शनिबार स्वर्गिय विनोद घिमिरेको स्मृति दिवस मनाइएको छ ।
नेकपा एमाले सर्लाहीका तत्कालिन जिल्ला सचिव घिमिरेको २०५० साल जेठ १४ गते सागरनाथ चोकमा ट्याक्टर दुर्घटनामा परेर ज्यान गएको थियो । पार्टीका तत्कालिन महासचिव मदन भण्डारी र तत्कलिन संगठन विभाग प्रमुख जीवराम आश्रतिको अस्तुकलश लिएर मलंगवातर्फ जानेक्रममा घिमिरेको ट्याक्टर दुर्घटनामा परेर ज्यान गएको थियो ।
स्वर्गिय घिमिरेको सम्झनामा सागरनाथतर्फ जाने चोकमा विनोद स्मारक स्तम्भ निर्माण गरिएको छ । सोही स्तम्भमा शनिबार नेकपा एमाले सर्लाही र नेकपा (एकीकृत समाजवादी) सर्लाहीले बेग्लाबेग्लै कार्यक्रम गरी घिमिरेलाई सम्झिएका हुन् ।
नेकपा जिल्ला कमिटीको आयोजनामा भएको कार्यक्रमको अध्यक्षता जिल्ला उपाध्यक्ष विदुरकुमार प्याकुरेलले गरेका थिए भने संविधान सभाका सदस्य हरि उप्रेती प्रमुख अतिथि थिए । एमालेका नेताहरु स्वर्गिय घिमिरेको स्मारक स्तम्भमा पुष्पगुच्छा अर्पण गरेर फर्किएपछि समाजवादीका नेताहरु पनि त्यहाँ पुगेका थिए ।
समाजवादीका जिल्ला अध्यक्ष सुरेन्द्र लामा, नेतृ बेची लुंगेली, जिल्ला सचिव गोविन्द अधिकारीलगायत उपस्थित भएका थिए ।