लालबन्दीमा मेयरका उम्मेदवारहरु क्रमश : कांग्रेसका बासुदेव अधिकारी, माओवादीका प्रल्हाद बुढाथोकी र एमालेका गोविन्द महत ।
लालबन्दी – सर्लाहीको लालबन्दी नगरपालिकामा नेपाली कांग्रेसले अग्रता कायमै राखिरहेको छ ।
लालबन्दीमा ३८ सय ९ मत गन्दा नेपाली कांग्रेसका मेयर पदका उम्मेदवार बासुदेव अधिकारी ११ सय ९० मतसहित अग्रस्थानमा छन् । उनलाई नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको गठवन्धनका उम्मेदवार माओवादी केन्द्रका प्रल्हाद बुढाथोकीले ११ सय १९ मतसहित पछ्याइरहेका छन् ।
लालबन्दीमा अहिले एमाले तेस्रो स्थानमा छ । एमालेको मेयर पदका उम्मेदवार गोविन्द महत ७८५ मत ल्याएका छन् ।
यस्तै, लालबन्दीमा उपमेयर तर्फ कांग्रेसकी कल्पना पाख्रिनले अग्रता निकै बढाएकी छिन् । पाख्रिनले १२ सय ५३ मत ल्याउँदा एमालेकी सनसरीमाया थिङले ७८५ मत ल्याएर दोस्रो स्थानमा छिन् ।
लालबन्दीमा माओवादी–समाजवादीको गठवन्धनका उपमेयर पदका उम्मेदवार गोविन्द अधिकारी भने निकै नै पछि छन् । अधिकारीले अहिलेसम्म १३० मत मात्रै प्राप्त गरेका छन् ।
लालबन्दीमा अहिले वडा नं. १, २ र ४ को मतगणना चलिरहेको छ । आइतबार मध्यान्हसम्म ३८०९ मत गनेर सकिएको छ । वडा नंं. ३ जब्दीमा भने कांग्रेसका वुद्धदेव चौधरी वडाध्यक्षमा निर्वाचित भइसकेका छन् ।
मतगणना जारी रहेकोे वडा नं. १ मा स्वतन्त्रबाट पुतली छापका पूरै प्यानल, वडा नं. २ मा माओवादीका अधिकांश उम्मेदवार र वडा नं. ४ मा नेपाली कांग्रेसका उम्मेदवार अगाडि देखिएका छन् ।