logo
  • मङ्लबार, कार्तिक १८, २०८३ / Tuesday, Nov, 03 ,2026

एउटै व्यक्तिले १०/१५ जनाको मतदाता परिचयपत्र बोकेर हिँडेपछि……..


  • उज्यालो अभियान

लालबन्दीमा बुधबार एउटै व्यक्तिले १०–१५ जनाको मतदाता परिचय पत्र बोकेर गएपछि दुई पक्षबीच भएको विवादस्थल ।

लालबन्दी – सर्लाहीको लालबन्दीस्थित एक मतदानस्थलबाट बुधबार दिउँसो एउटै व्यक्तिले धेरै जनाको मतदाता परिचय पत्र लिएर गएको भन्दै विवाद उत्पन्न भएको छ ।

लालबन्दी नगरपालिका–६, जनवादी चोक नजिकै रहेको प्रेमज्योति आधारभूत विद्यालयको मतदानस्थलबाट एकै व्यक्तिले १०÷१५ जना सम्मको मतदाता परिचय पत्र लगेको थाहा पाएपछि विरोध भएको हो । सो विद्यालयमा क, ख र ग गरी तीन वटा मतदान केन्द्र रहेका छन् ।

मतदाता स्वयं परिचय पत्र लिन आउँदा अर्कैले लिएर गएको थाहा पाएपछि विरोध भएको हो । सो वडामा वडाध्यक्ष पदका एक उम्मेदवारले १०८ जनाको मतदाता परिचय पत्र व्यक्ति स्वयंलाई थाहै नदिई अर्कैले लगेको पाइएको र यसबारेमा प्रष्ट्याउन मतदान अधिकृतहरुसँग माग गरिएको बताए ।

विद्यालयको ख मतदान केन्द्रका मतदान अधिकृत रामनरेश ठाकुरले परिवारका सदस्यहरु आउँदा मतदाता परिचय पत्र दिएर पठाइएको बताए । उनले केही व्यक्तिले भने नाम, ठेगाना र फोन नम्बर छाडेर १० जना भन्दा बढीको मतदाता परिचय पत्र पनि लगेका र ती मतदाता परिचय पत्र धमाधम फिर्ता मगाइरहेको बताएका छन् ।

वडा नं. ६ भरीका लागि एक मात्रै मतदान केन्द्र रहेको सो विद्यालयमा क, ख र ग मतदान केन्द्र अन्तर्गतका मतदाताहरुको एकै ठाउँमा मतपत्र आएको लालबन्दीस्थित निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।