हरिवन – सर्लाहीको हरिवनमा मंगलबार लागूऔषधविरुद्ध सचेतना कार्यक्रम सम्पन्न भएको छ ।
लागूऔषध सचेतना कार्यक्रम उपभोक्ता समितिको आयोजना तथा हरिवन ११ को वडा कार्यालयको सहयोगमा नेवा सेवा समाजको भवनमा कार्यक्रम सम्पन्न भएको हो । लागूऔषधविरुद्ध एकजुट हौँ र सिंगो समाजलाई दुव्र्यसनबाट मुक्त गरौँ भन्ने नारासहित रिकी श्रेष्ठको अध्यक्षतामा डा. केदार कार्की र प्रशिक्षक पुरुषोत्तम कार्कीले प्रशिक्षण प्रदान गरेका थिए ।
हरिकृष्ण मैनालीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सुनिल श्रेष्ठ, युगबहादुर अधिकारी, प्रयाग प्रधान, सुरेश भट्टराई, गीता राउत, राकेश चौधरी, महेश थापा लगायतको उपस्थिति रहेको थियो ।