logo
  • मङ्लबार, कार्तिक १८, २०८३ / Tuesday, Nov, 03 ,2026

सर्लाही सदरमुकाम मलंगवामा आगलागी, १५ लाख बराबरको क्षति


  • उज्यालो अभियान

लालबन्दी – सर्लाही सदरमुकाम मलंगवास्थित एक घरमा आगलागी हुँदा १५ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।

प्रहरीका अनुसार मलंगवा नगरपालिका–१०, मा रहेको नेपाली कांग्रेसका नेता एवं स्थानीयवासी जयप्रकाश मल्लिकको घरमा आगलागी भएको हो । आगलागीबाट अन्न, कपडा, गरगहना समेत जल्दा १५ लाख रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

पक्की घरमा भने आगलागीले खासै क्षति गरेको छैन् । प्रारम्भिक अनुसन्धानमा विद्युत् सर्ट भएर आगलागी भएको जस्तो देखिएको प्रहरीले बताएको छ । आगलागी स्थानीयवासीहरु मिलेर नियन्त्रणमा लिएका थिए ।