सर्लाहीमा खटिएका निर्वाचन अधिकृतहरु ।
मलंगवा – बैशाख ३० गतेको स्थानीय तह निर्वाचनका लागि सर्लाहीका २० वटै पालिकामा निर्वाचन अधिकृत खटिएका छन् ।
सर्लाही जिल्ला अदालतका मुख्य न्यायाधीश ध्रुवकुमार पियाले मुख्य निर्वाचन अधिकृतसहित मलंगवा नगरपालिकाको निर्वाचन अधिकृतको समेत भूमिका निर्वाह गर्नेछन् । ईश्वरपुर नगरपालिकामा सत्य निरुपण तथा मेलमिलाप आयोगका उपसचिव ठाकुरप्रसाद आचार्य, कविलासी नगरपालिकामा मालपोत कार्यालय हरिवनका प्रमुख रमेश प्रसाद गौतम, कौडेना गाउँपालिकामा सर्लाही जिल्ला अदालतका श्रेस्तेदार विश्वनाथ अर्याल, गोडैता नगरपालिकामा अध्यागमन विभाग काठमाण्डौंका निर्देशक मुकेश कुमार केशरी निर्वाचन अधिकृतको रुपमा खटिएका छन् ।
चक्रघट्टा गाउँपालिकामा सर्वोच्च अदालतका इजलास अधिकृत भीमबहादुर निरौला, चन्द्रनगर गाउँपालिकामा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव सुकदेव लम्साल, धनकौल गाउँपालिकामा संघीय संसद सचिवालयका उपसचिव शिवदत्त बराल, पर्सा गाउँपालिकामा डिभिजन वन कार्यालय सर्लाहीका प्रमुख सन्तोष कुमार झाले मतदान अधिकृतको रुपमा जिम्मेवारी पाएका छन् । त्यस्तै, बरहथवा नगरपालिकामा महान्यायाधीवक्ताको कार्यालय काठमाण्डौंका उपन्यायाधीवक्ता दशरथ पंगेनी, बलरा नगरपालिकामा प्रदेश सभा सचिवालय जनकपुरधामका अधिकृत रंजित कुमार यादव, बसबरिया गाउँपालिकामा संचार तथा सूचना प्रविधि मन्त्रालयका उपसचिव रामेश्वर पोखरेल, बागमती नगरपालिकामा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव बिकाउ कुमार यादव निर्वाचन अधिकृतको जिम्मेवारी लिएर खटिएका छन् ।
त्यसैगरी ब्रम्हपुरी गाउँपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट उपन्यायाधिवक्ता केशवप्रसाद गौतम, रामनगर गाउँपालिकामा लालबन्दी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वासुदेव तिमल्सिना, लालबन्दी नगरपालिकामा महान्यायधिवक्ताको कार्यालय काठमाण्डौंबाट उपन्यायाधिवक्ता विनोदलाल श्रेष्ठ, विष्णु गाउँपालिकामा शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमीबाट उपसचिव गीरमान थापा, हरिपुर नगरपालिकामा जिल्ला सरकारी वकिल कार्यालय सर्लाहीका जिल्ला न्यायाधिवक्ता ऋद्धिनाथ निरौला, हरिपूर्वा नगरपालिकामा कमलामाई नगरपालिका सिन्धुलीबाट उपसचिव शंकरराज लुईटेल र हरिवन नगरपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट उपन्यायाधिवक्ता रुद्रप्रसाद आचार्य निर्वाचन अधिकृतको रुपमा खटिएका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
मुख्य निर्वाचन अधिकृतसहित १९ जना निर्वाचन अधिकृतको बिहीबार एकैसाथ कार्यालय स्थापना हुने छ । मुख्य निर्वाचन अधिकृतको सदरमुकाम मलंगवास्थित जिल्ला समन्वय समितिको कार्यालयमा र १९ वटा पालिकाका निर्वाचन अधिकृतहरुको सम्वन्धित पालिकाको कार्यालयमै कार्यालय स्थापना हुने जिल्ला निर्वाचन कार्यालय सर्लाहीका प्रमुख दिवाकर भुजेलले उज्यालो अभियानसँग बताए ।
मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय खुलेपछि निर्वाचनको तयारी अझ तीव्र रुपमा अघि बढ्ने बताइएको छ ।