logo
  • मङ्लबार, कार्तिक १८, २०८३ / Tuesday, Nov, 03 ,2026

वडाध्यक्ष तामाङले फिर्ता गरे सरकारी मोटरसाइकल


  • उज्यालो अभियान

घनश्याम बलम्पाकी, उज्यालो अभियान – सर्लाहीको बागमती नगरपालिका–८ का वडाध्यक्ष मानबहादुर तामाङले आफूले प्रयोग गरेको सरकारी मोटरसाइकल फिर्ता गरेका छन् ।

आगामी स्थानिय तहको निर्वाचनलाई लक्षित गरी बैशाख १ गतेदेखि कुनै पनि सेवा सुविधा नलिने र आफुहरुले प्रयोग गरेको मोटरसाइकल वडा कार्यालय मार्फत नगरपालिकालाई फिर्ता गरेका हुन ।

निर्वाचन आचारसंहिता लागू भएको र चुनावी चहल पहल सुरु भएकाले जनप्रतिनिधिहरु माथि लाग्ने आरोपप्रत्यारोपलाई लक्षित गर्दै सरकारी सेवा सुविधा र सरकारी सवारीसाधन प्रयोग गर्दा नकारात्मक असर पर्ने भएकोले आफूले बैशाख १ गते नै फिर्ता गर्ने भनिएको भए पनि बिदा परेका कारण आइतवार वडा सचिव देविबहादुर मगरलाइ हस्तान्तरण गरिएको वडाध्यक्ष तामाङले बताए ।

बागमती नगरपालिकाका १२ वटा वडाहरुमध्ये ३ जना वडा अध्यक्षहरुले सरकारी सवारीसाधन नै प्रयोग गरेका थिएनन् । वडा नं. २,७ र ११ का वडा अध्यक्षहरुले सरकारी सवारीसाधन नलिएका र अन्य वडाका वडा अध्यक्षहरुले सरकारी सवारीसाधन प्रयोग गरेका छन् ।